दफा
सवारी तथा इन्धन सुविधा
(१) प्रमुख पदाधिकारीलाई सवारीको निमित्त ड्राइभर सहितको मोटर एक, मासिक एकसय पचास लिटर पेट्रोल र त्रैमासिक पाँच लिटर मोबिल उपलब्ध गराईनेछ ।
(२) प्रत्येक पदाधिकारीलाई सवारीको निमित्त ड्राईभर सहितको मोटर एक,मासिक एकसय लिटर पेट्रोल र त्रैमासिक पाँच लिटर मोबिल उपलब्ध गराइनेछ ।
(३) आफ्नो निजी मोटर प्रयोग गर्ने संवैधानिक निकायका पदाधिकारीलाई ड्राईभरको निमित्त नेपाल सरकारको हलुका सवारी चालकको तलबमानको शुरू अङ्क बराबरको रकम तथा उपदफा (१) वा (२) मा उल्लेख भए बमोजिम निजहरूले पाउने पेट्रोल र मोबिल उपलब्ध गराईनेछ ।
(४) उपदफा (१) वा (२) बमोजिम उपलब्ध गराएको मोटरको मर्मत र सम्भार तथा ग्रीजको व्यवस्था नेपाल सरकारले गरे बमोजिम हुनेछ ।
(५) संवैधानिक निकायका पदाधिकारीले पेट्रोल र मोबिलको बिल भौचर बुझाउनु पर्नेछैन ।
(६) यस दफा बमोजिमको सुविधा संवैधानिक निकायका पदाधिकारीलाई निजको कार्यकाल समाप्त भएको मितिले सात दिनसम्म दिईनेछ ।